बैंकिङ्ग समाचार, काठमाडौं ।
कामना सेवा विकास बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रअनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कामना सेवा विकास बैंकको नाफा ३९.४१ प्रतिशत घटेर ३० करोड ५६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५० करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.५५ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ४.१७ प्रतिशत बढेको छ । निष्क्रिय कर्जा २.२ प्रतिशतबाट बढेर ३.२७ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज बढेर ३५ करोड ३७ लाख पुगेपछि बैंकको सञ्चालन मुनाफा २७.१२ प्रतिशत घटेको छ । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ८ करोड ३ लाख रुपैयाँ रहेको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ८ रुपैयाँ ४४ पैसा घटेर १२ रुपैयाँ ९७ पैसामा सीमित भएको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २३.९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ३३ पैसा रहेको छ ।
प्रतिक्रिया