बैंकिङ्ग समाचार, काठमाडौं ।
मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा मुक्तिनाथ विकास बैंक लिमिटेडले ८० करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २६.०९ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १९.८४ प्रतिशत बढेको छ । निष्क्रिय कर्जा ०.१७ प्रतिशतबाट बढेर १.९९ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज बढेर ७७ करोड पुगेपछि बैंकको सञ्चालन मुनाफा २१.०३ प्रतिशत घटेको छ । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ३ करोड ५२ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
यस अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ३ करोड ५२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । यस्तै, बैंकको निष्क्रिय कर्जा ०.१७ प्रतिशतबाट बढेर १.९९ प्रतिशत पुगेको छ ।
बैंकको नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । यस अवधिमा बैंकको यस्तो आम्दानी ७ रुपैयाँ ३२ पैसा घटेर १६ रुपैयाँ ७४ पैसामा सीमित भएको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २४.१३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ४९ पैसा रहेको छ ।
प्रतिक्रिया