बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्लोबल आइएमई बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा नाफा १७ प्रतिशतले बढाएको हो । सो अवधिमा बैंकले ३ अर्ब ७२ करोड रुपैयाँ नाफा गरेको थियो ।
यस अवधिमा बैंकले ११ अर्ब ७९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले ७ अर्ब ४३ कराड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकले ४ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३ खर्ब ६२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले २ खर्ब ७६ अर्ब निक्षेप संकलन गरेको थियो भने २ खर्ब ५८ अर्ब कर्जा लगानी गरेको थियो ।
बैंकको हाल ३.९६ प्रतिशत खराब कर्जा पुगेको छ भने ८७.१७ प्रतिशत कायम भएको छ । गत आवको सोही अवधिमा बैंकको खराब कर्जा १.४५ प्रतिशत थियो भने सीडी रेसियो ९३.०७ प्रतिशत थियो । बैंकको वितरणयोग्य नाफा ९६ करोड २६ लाख रुपैयाँ रहेको छ ।
चुक्तापुँजी ३५ अर्ब ७७ करोड रुपैयाँको बैंकको रिजर्भको आकार भने ७८.११ प्रतिशतले बढेर १९ अर्ब ६ करोड रुपैयाँको उचाइमा पुगेको छ । अघिल्लो वर्ष रिजर्भमा १० अर्ब ७० करोड रुपैयाँ थियो। समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात (एनपीएल) भने बढेर ३.९६ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल १.४५ प्रतिशतमा सीमित थियो । खराब कर्जा बढ्दा बैंकको इम्पेयरमेन्ट चार्ज पनि बढेर २ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो चार्ज ४३ करोड ५६ लाख रुपैयाँमा सीमित थियो ।
समीक्षा अवधिसम्म बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) घटेर १७.०८ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ईपीएस २०.८८ रुपैयाँ थियो । पीई रेसियो १२.३२ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५५.९९ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया