बैंकहरु मध्ये सबैभन्दा बढि नाफा कमाएको नबिल बैंकको तेस्रो त्रैमाससम्म ५ अर्ब बढी नाफा, ईपीएस कति ?

बैंकहरु मध्ये सबैभन्दा बढि नाफा कमाएको नबिल बैंकको तेस्रो त्रैमाससम्म ५ अर्ब बढी नाफा, ईपीएस कति ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकले सो अवधिसम्ममा ५ अर्बभन्दा बढी खुद नाफा आर्जन गर्न सफल भएको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवण अनुसार चैत मसान्तसम्म ५ अर्ब ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ३५ करोड २० लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । गत वर्षको तुलनामा बैंकको नाफा ५२.६२ प्रतिशत बढेको हो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा उल्लेख्य बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । चैत मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ८४ प्रतिशत बढेर १२ अर्ब १० करोड ११ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ५९ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चैत मसान्तसम्म बैंकको कुल सञ्चालन आम्दानी ७१.७९ प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ११.४२ प्रतिशत बढेर ३ खर्ब ६३ अर्ब ४८ करोड र कर्जा प्रवाह ७.७६ प्रतिशत बढेर ३ खर्ब २३ अर्ब ५१ करोड रुपैयाँ पुर्याएको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ८२ पैसा बढेर २५ रुपैयाँ २१ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २४.५५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०१ रुपैयाँ ७ पैसा रहेको छ ।