यूनियन लाइफले मर्जर सम्बन्धी प्रस्ताव पारित गर्दै सम्पन्न गर्यो विशेष साधारणसभा

यूनियन लाइफले मर्जर सम्बन्धी प्रस्ताव पारित गर्दै सम्पन्न गर्यो विशेष साधारणसभा


बैंकिङ्ग समाचार, काठमाडौं ।
यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सम्पन्न भएको छ । उक्त सभा टाइगर प्यालेस रिसोर्ट भैरहवामा सम्पन्न भएको हो । सभाले यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

त्यसै गरी एक आपसमा गाभिए पश्चात बन्ने जीवन बीमा ब्यवसाय गर्ने कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड कायम गरी सो नामबाट जीवन बीमा ब्यवसाय संचालन गर्ने सम्बन्धी प्रस्ताव समेत पारित गरेको छ ।

तिनबटै कम्पनिको शेयर अनुपात क्रमशः १ः१ः१ कायम गर्ने, एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी कार्यको लागि गरिएको अन्तिम संझौतापत्र, सहमतीपत्र तथा अन्य भए गरेका मर्जर सम्बद्ध संझौताहरुको अनुमोदन गर्ने, चल/अचल सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदन तयार गर्नका लागि नियुक्त, लेखापरीक्षक/मुल्यांकनकर्ताको नियुक्ति तथा पारिश्रमिकको अनुमोदन, एक आपसमागाभ्ने/गाभिने प्रयोजनको लागि बाँकी काम कार्यवाही/प्रक्रिया अगाडी बढाउन संचालक समितीलाई अख्तियारी दिनुका साथै संचालक समितीमा हुने फेरबदल, तथा संचालक समितीको कार्यकाल सम्बन्धि प्रस्ताव समेत पारित गरेको छ ।

प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने, पूँजी संरचना परीर्वतन लगायतका सम्पूणर् प्रस्ताबहरु पनि सर्वसम्मत रुपमा पारित भएका छन् ।