बैंकिङ्ग समाचार, काठमाडौं ।
बिरगंज उद्योग वाणिज्य संघको आयोजनामा BCCI पर्साका अध्यक्ष अनिल कुमार अग्रवालको अध्यक्षतामा बैशाख ५ गते एक समारोहका बिच नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री तथा प्रमुख अतिथि माननिय रमेश रिजालको स्वागत तथा सम्मान कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको छ ।
उक्त समारोहमा JSCCI बाराका अध्यक्ष मोहन शर्मा लामिछानेले उद्योगि–ब्यवसायिहरुका बर्तमान समस्या र समाधान एवम् चुनौतिहरुको बारेमा उद्योगि ब्यावसायि मैत्री वातवरण निर्माण गर्न सरकारको तर्फबाट गर्नुपर्ने भुमिकाको बारेमा मन्तब्य सहित बुदागत रुपमा तैयार गरिएको ध्यानकर्षण पत्र मन्त्री रिजाललाई हस्तान्तरण गरेका छन् ।
उक्त कार्यक्रममा महासचिव प्रकाश गिरिको समेत उपस्थिति रहेको थियो ।
नव बर्ष २०८० को अवसरमा सम्पुर्ण उद्योगि ब्यवसायि एवम् उपस्थित महिला तथा सज्जनबृन्दहरुमा शुभकामना सहित महत्वपुर्ण कार्यक्रममा निमन्त्रणा गरि उक्त अवसर प्रदान गरेकोमा अध्यक्ष अनिल कुमार अग्रवालसहित सम्पुर्ण BCCI पर्सा परिवार प्रति हार्दिक धन्यवाद तथा आभार ब्यक्त गरिएको छ ।
प्रतिक्रिया