निफ्राको नाफा ६७% ले बढ्यो, प्रतिशेयर आम्दानीमा करिब ३ रुपैयाँको वृद्धि

निफ्राको नाफा ६७% ले बढ्यो, प्रतिशेयर आम्दानीमा करिब ३ रुपैयाँको वृद्धि


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बृद्धि भएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब १६ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६७.२८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६९ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९१ करोड ६१ लाख रुपैयाँ रहेको छ । बैंकको खुद व्याज आम्दानी ५५ प्रतिशतले बृद्धि भइ २ अर्ब पुगेको छ । गत वर्षको यहि अवधिमा १ अर्ब २९ करोड रुपैयाँ मात्रै थियो । बैंकको निक्षेप तथा कर्जा लगानीमा पनि उल्लेख्य सुधार देखिएको छ । समिक्षा अवधिमा बैंकले २२ अर्ब ८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा एक अर्ब ९८ करोड रुपैयाँ छ । कर्जा विस्तार सँगै पूँजीकोष अनुपात ९३ प्रतिशतमा झरेको छ । सिडी अनुपात पनि बढेर ८३ प्रतिशत छ । बैंकको कष्ट अफ फण्ड गत वर्षको भन्दा घटेर ७.६५ रुपैयाँमा झरेको छ । 

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ४ रुपैयाँ २९ पैसा रहेको बैंकको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २ रुपैयाँ ८८ पैसा बढेर ७ रुपैयाँ १७ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ १९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३०.६३ गुणा रहेको छ ।