बैंकिङ्ग समाचार, काठमाडौं ।
छ्याङ्दी हाइड्रोपावर लिमिटेडले बैशाख २८ गते बिहीबार नवौँ वार्षिक साधारणसभा डाकेको छ । कम्पनीको बैशाख ५ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सो सभा अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ ।
सभाले आठौँ वार्षिक साधारण सभाबाट पारित भएको ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय रद्द गरी हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ बराबर १ अनुपातमा हकप्रद निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायका प्रस्तावहरु पनि पारित गर्नेछ । कम्पनीले लाभांश भने प्रस्ताव गरेको छैन ।
साधारणसभा प्रयोजनार्थ कम्पनीले बैशाख १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार बैशाख १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
प्रतिक्रिया