आज नेप्सेमा समान्य अंकको गिरावट, कारोबार रकम ८७ करोडमा सिमित

आज नेप्सेमा समान्य अंकको गिरावट, कारोबार रकम ८७ करोडमा सिमित


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को आरोलो यात्रा कायमै रहेको छ । साताको कारोबारको तेस्रो दिन आज मंगलबार पनि नेप्से सामान्य अंकले घटेर बन्द भएको छ । आज नेप्से ३.०७ अंकले घटेर १ हजार ९ सय ४ दशमलब ९८ विन्दुमा बन्द भएको हो । सोमवार नेप्से २३.६४ अंकले घटेर १ हजार ९ सय ८ दशमलव ०४ विन्दुमा बन्द भएको थियो । 

त्यस्तै, नेप्सेमा समान्य गिरावट भएसँगै कारोबार रकममा पनि गिरावट भएको छ । नेप्सेमा आज ८७ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमवार नेप्सेमा ९२ करोड रुपैयाँ बराबरको मात्र कारोबार भएको थियो ।

आज कारोबार भएका ६२ कम्पनीको शेयरमूल्य बढेको छ भने १३८ कम्पनीकोे शेयरमूल्य घटेको छ, १९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।  

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज कालिञ्चोक दर्शन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६६७.७० रुपैयाँ पुगेको छ भने मोलुङ हाइड्रोपावरको शेयरमूल्य पनि ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता २०६.३० रुपैयाँ पुगेको छ ।        

आज खप्तड लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ५.५ प्रतिशतले घटेको छ । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी प्रभु बैंक लिमिटेड प्रमोटर शेयरको भएको छ । यसको आज ५ करोड २६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।