बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंक र लभ कुश इनोभेसनबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकको ब्रेडिट कार्डवाहकहरुले अब लभ कुश इनोभेसनबाट भेन्डिङ मेसिन र मेसिनरी सामाग्रीहरु खरिद गरी त्यसको भुक्तानी मासिक किस्तामा सजिलै गर्न सक्नेछन ।
डिजिटल कारोबारमा ग्राहकहरू आकर्शित भईरहेको कुरालाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त यस सहकार्य मार्फत लभ कुश इनोभेसनमा पाइने विभिन्न वस्तुहरूको भुक्तानी आफ्नो क्रेडिट कार्ड मार्फत गर्न मिल्ने प्रावधान गरेको बैंकले जनाएको छ ।
कुमारी बैंकले हाल ३०४ शाखा सञ्जाल, २९५ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ ।
प्रतिक्रिया