नेष्डो समृद्ध लघुवित्तलाई १७.९३% मात्र लाभांश वितरण गर्न राष्ट्र बैंकको निर्देशन

नेष्डो समृद्ध लघुवित्तलाई १७.९३% मात्र लाभांश वितरण गर्न राष्ट्र बैंकको निर्देशन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेष्डो समृद्ध लघुवित्तलाई नेपाल राष्ट्र बैंकले १७ दशमलव ९३४२ प्रतिशत लाभांश वितरण गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले लघुवित्तलाई गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हालको चुक्ता पूँजीको १७.९३४२ प्रतिशत मात्र लाभांश वितरण गर्नको लागि स्वीकृति प्रदान गरेको हो ।

यसअघि लघुवित्तले चुक्ता पुँजीको ७३.६८४२१० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरी राष्ट्र बैंकमा अनुमतिका लागि पठाएको थियो । लघुवित्तले हालको चुक्ता पूँजीको ५० प्रतिशत बोनस शेयर, २० प्रतिशत नगद लाभांश, र कर प्रयोजनको लागि छुट्टै ३.६८४२ गरि कुल ७३.६८४२ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको थियो । जसमध्ये १७.९३ प्रतिशत मात्र लाभांश वितरण गर्न स्वीकृती पाएको हो । हाल कम्पनीको चुक्ता पुँजी २५ करोड ५० लाख रहेको छ ।

यद्यपि, राष्ट्र बैंकको लाभांश घटाउने निर्देशन गत फागुन १० गते जारी संशोधित निर्देशनको व्यवस्थासंग स्पष्ट वाझिएको, नेपाल राष्ट्र बैंकवाट इजाजत प्राप्त एउटै प्रकृतीका संस्थाविच एउटै आर्थिक वर्षको लाभांश स्वीकृती दिंदा समानता नभएको र नेपाल राष्ट्र बैंकबाट स्वीकृत लाभांशको जानकारीले शेयरधनीले पाउने प्रतिफलको अधिकार समेत हनन हुन पुगेको, संस्थागत वित्तीय अवस्थामा समेत प्रभाव पर्ने देखिएको, लाभांश वितरण सम्वन्धमा बैंक तथा वित्तीय संस्था सम्वन्धि ऐनमा भएको व्यवस्थाको समेत प्रतिकुल भएको र लाभांश प्रस्ताव तथा संशोधन संस्थाबाट नै निर्णय भई नेपाल राष्ट्र बैंकवाट स्वीकृत दिनुपर्ने कानूनी मनसायलाई समेत नजरअन्दाज गरिएको देखिएकोले नेपाल राष्ट्र बैंकको उक्त निर्णय एवम् जानकारीलाई तुरुन्त कार्यान्वयन प्रक्रिया अगाडी वढाउन नसकिने निर्णय लघुवित्तले गरेको छ ।

राष्ट्र बैंकको विद्यमान निर्णय तथा स्वीकृती, प्रचलित ऐन, कानून, निर्देशन र केन्द्रिय बैंकका विगतका व्याख्या र संस्थागत अभ्यास समेतको तथ्यपुर्ण कानूनी व्याख्या गरी निर्णयमा पुग्ने निर्णय लघुवित्तले गरेको छ । अर्थात् कम्पनीले यस अघि भने जस्तै यो विषय अदालत लैजाने भएको छ ।

नेष्डो लघुवित्तले राष्ट्र बैंकबाट प्राप्त भएको पत्र नेपाल स्टक एक्चेन्ज, नेपाल धितोपत्र वोर्ड लगायत सरोकारवाला निकायमा जानकारी गराउने निर्णय गरेको छ ।

\"\"