मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई ल्याण्डमार्क होटेलस् एण्ड रिसोर्टमा विशेष छुट


बैंकिङ्ग समाचार, काठमाडौं ।
मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुलाई ‘ल्याण्डमार्क होटेलस् एण्ड रिसोर्ट प्रा. लि’ को विभिन्न सेवाहरुमा विशेष १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । 

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले ‘ल्याण्डमार्क होटेलस् एण्ड रिसोर्ट प्रा. लि’ अन्तर्गतका विभिन्न स्थानहरुमा (काठमाडौं, पोखरा, चितवन) मा रहेका होटेलहरुमा ऐकोमोडेसन (Accomodation) तथा फुड एण्ड बेभरेजमा विशेष १०% छुट प्राप्त गर्न सक्नेछन् ।