बैंकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र उपेन्द्र देवकोटा मेमोरियल नेशनल ईष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइड साईन्सेस् अस्पताल, बाँसवारी बीच अस्पतालका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत मिलन गुरुङ्गले हस्ताक्षर गरेका छन् । कार्यक्रममा अस्पतालकी कार्यकारी अध्यक्ष प्रा डा मधु दिक्षित, बैंकका उपकार्यकारी अधिकृतहरु विमल डंगोल, पवन रेग्मी र विनयरमण पौडेल, विभागीय प्रमुखहरु आनन्द सुवेदी र अच्युत गौतम, प्रबन्धक सरोज कोइराला, अस्पतालका तर्फबाट प्रशासन प्रमुख विद्याकर अधिकारी लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
उक्त सम्झौता अस्पतालमा कार्यरत तोकिएको सेवाअवधि पूरा गरेका कर्मचारीहरुलाई अस्पतालको सिफारिसमा बैंकले अधिकतम १५ लाख रुपैंयासम्म प्रवाह गर्नेछ । बैंकले आधार दरमा प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने छ । हाल बैंकको आधार दर ८.६० प्रतिशत रहेको छ ।
सम्झौता अनुसार अस्पतालका कर्मचारीहरुको तलबी खाता बैंकले सञ्चालन गर्नेछ ।
प्रतिक्रिया