बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ वर्ष २०८० को अवसरमा आफ्ना ग्राहकहरूलाई बचत तथा मुद्दती दुवैको प्रतिफल प्रदान गर्ने उद्देश्यले ‘सोंचे जस्तै बैंक खाता’ सञ्चालनमा ल्याएको छ ।
बैंकले ल्याएको नयाँ खातामा ग्राहकहरूको ईच्छा बमोजिम तोकिएको न्यूनतम् रकम बचत खातामा रही सोभन्दा माथिको रकम लाखको गुणनमा मुद्दतिमा स्वतः परिणत हुनेछ ।
यसका साथै, सोचें जस्तै बैंक खाता खोल्ने ग्राहकहरूले तीन वर्षसम्मका लागि मोबाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा तथा भिजा डेबिट कार्डको सुविधा नि:शुल्क रुपमा प्राप्त गर्नेछन् । साथै, लकर सुविधा लिँदा पहिलो एक वर्षका लागि ५० प्रतिशत छुट पनि समावेश गरिएको छ ।
बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटिएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ ।
प्रतिक्रिया