सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर


बैंकिङ्ग समाचार, काठमाडौं ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले डेपुटी म्यानेजर, म्यानेजर पदका लागि १ जना कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै उक्त पदका लागि कर्मचारी माग गरेको हो ।

बैंकले अनुभवि, स्किलफुल र नेतृत्व गर्नेसक्ने उम्मेदवारलाई बढी प्राथमिकता दिने जनाएको छ । उक्त पदमा आवेदन दिनको लागि स्नाकोत्तर तह उत्तिर्ण गरेको र कम्तीमा १० वर्ष बैंकिङ्ग क्षेत्रमा काम गरेको अनुभव हुनुपर्नेछ ।

बैंकले आफ्नो केन्द्रीय कार्यालय बालुवाटारका लागि कर्मचारी माग गरेको जनाएको छ । ईच्छुक उम्मेदवार बैशाख १७ गतेसम्म बैंकको वेवसाईट https://idocs.shangrilabank.com/Career/Apply/Details/SADBL-079-80-08 मार्फत आवेदन दिन सक्नेछन् ।