नेशनल माइक्रोफाइनान्सको १५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेशनल माइक्रोफाइनान्सको १५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज बैशाख ३ गते अन्तिम दिन रहेको छ । 

लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात् बैशाख ४ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले लघुवित्तको साधारणसभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजी ५८ करोड ६६ लाख ७४ हजार रुपैयाँको १५ प्रतिशत अर्थात् ८ करोड ८० लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

लघुवित्तले लाभांश पारित गर्न बैशाख १५ गते बिहान ११ बजे, धादिङ्ग क्रिक रिसोर्ट, धादिङ्गबेशीमा नवौं वार्षिक साधारण सभा बोलाएको छ ।