एनआईसी एशिया बैंकका संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार जगदीश प्रसाद अग्रवाललाई ‘सुप्रबल जनसेवाश्री’ विभूषण


बैंकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्रपतिद्धारा एन आई सी एशिया बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा हालका प्रमुख सल्लाहकार तथा प्रतिष्ठित उद्योगी व्यवसायी जगदीश प्रसाद अग्रवाललाई ‘सुप्रबल जनसेवाश्री’ विभूषण प्रदान गरिएको छ । 

संविधान दिवसको अवसरमा मिति २०७९ असोज ३ गतेका दिन घोषित उक्त सम्मानित विभूषण मिति २०८० व्रशाख १ गतेका दिन राष्ट्रपतिको कार्यालय, राष्ट्रपति भवन, महाराजगञ्जमा आयोजित सुशोभन समारोहका बीच सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलद्धारा प्रदान गरिएको हो ।

६ दशकदेखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रुपमा खटिदै एक सफल उद्योगी व्यवसायीको स्थापित भएका अग्रवालले कुशल व्यवसायीक रणनीतिकार एवम् उत्कृष्ट व्यवस्थापकको रुपमा अनुकरणीय उद्यमशिलता मार्फत राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान पुर्याउदै आएका छन् ।

उनि यस बैंकको पूर्व अध्यक्ष हुनुको साथै हाल विशाल गु्रपको अध्यक्ष पनि हुन् ।