नयाँ वर्षमा आइएमई पेले ल्यायो ‘आइएमई पेसँग २०८०, १००% खुशी’ अफर

नयाँ वर्षमा आइएमई पेले ल्यायो ‘आइएमई पेसँग २०८०, १००% खुशी’ अफर


बैंकिङ्ग समाचार, काठमाडौं ।
आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लमिटिडद्धारा प्रवर्तित ‘आइएमई पे’ ले नयाँ वर्ष २०८० लाई स्वागत गर्दै “आइएमई पेसँग २०८०, १००% खुशी” नामक अफर सार्वजनिक गरेको छ  ।

२०८० बैशाख १ देखि ३१ गते सम्म सञ्चालन हुने यस अफर अवधिभर प्रत्येक हप्ता आइएमई पेको विभिन्न सेवा सुबिधा प्रयोग गर्ने १० भाग्यशाली सेवाग्राहीहरुले १००% क्यासब्याक प्राप्त गर्नेछन् ।

सो अफरमा सहभागी हुनका लागि सेवाग्राहीहरुले आइएमई पे मार्फत भिसा कार्ड, पि टु पि, क्युआर, हावाई टिकट खरिद, रेमिट्यान्स लगायत आदी सेवा प्रयोग गरी कारोबार गर्नुपर्नेछ । ग्राहकवर्गलाई आइएमई पेबाट सजिलै विधुत्तिय भुक्तानी गर्न प्रेरित गर्ने उदेश्यका साथ यो अफर सञ्चालन गरिएको हो ।