बैंकिङ्ग समाचार, काठमाडौं ।
एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि २०८० वैशाख १ गतेदेखि १० गतेसम्म बुक क्लोज गरेकाले आजसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १४ दशमलव ७५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले वैशाख १० गते साधारण सभा बोलाएको छ । सभा सुनसरीको धरान उपमहानगरपालिका-८ स्थित होटल गजुरमा उक्त दिन बिहान ९ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया