बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधवार दुई कम्पनीको शेयर सूचीकृत भएको छ । नेप्सेमा सगरमाथा जलविद्युत कम्पनी र मोलुङ्ग हाइड्रोपावर कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको हो ।
सगरमाथा जलविद्युतले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुको लागि निष्काशन गरेको ११ लाख २० हजार कित्ता, सर्वसाधारणहरुलाई निष्काशन गरिएको (सामुहिक लगानी कोष, कर्मचारीहरु र वैदेशिक रोजगारीमा रहेका नेपालीहरु सहित) ४३ लाख ६८ हजार कित्ता शेयर र कम्पनीका संस्थापकहरुले लगानी गरेको ५७ लाख १२ हजार कित्ता शेयर गरी १ करोड १२ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको शेयरलाई नेप्सेले न्युनतम १११ रुपैयाँ ४१ पैसादेखि अधिकतम ३३४ रुपैयाँ २३ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोहि आधारमा भालि बिहीबारदेखि कम्पनीको शेयर कारोबारमा आउनेछ । कम्पनीको शेयरलाई नेप्सेले एसएमजेसी (SMJC) कारोबार संकेत प्रदान गरेको छ ।
त्यस्तै नप्सेले मोलुङ्ग हाइड्रोपावरको पनि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुको लागि निष्काशन गरेको ८ लाख २ हजार ५०० कित्ता, सर्वसाधारणहरुलाई निष्काशन गरिएको (सामुहिक लगानी कोष, कर्मचारीहरु र वैदेशिक रोजगारीमा रहेका नेपालीहरु सहित) २७ लाख २८ हजार ५०० कित्ता शेयर र कम्पनीका संस्थापकहरुले लगानी गरेको ४४ लाख ९४ हजार कित्ता शेयर गरी ८० लाख २५ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको शेयरलाई नेप्सेले न्युनतम ६० रुपैयाँ ६२ पैसादेखि अधिकतम १८१ रुपैयाँ ८६ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोहि आधारमा भालि बिहीबारदेखि कम्पनीको शेयर कारोबारमा आउनेछ । कम्पनीको शेयरलाई नेप्सेले एमएचसीएल (MHCL)कारोबार संकेत प्रदान गरेको छ ।



About Us
प्रतिक्रिया