मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ बाँडफाँड, १ लाख ३३ हजार ७३० जनाले पाए शेयर, २ जनाले पाए ११ कित्ता

मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ बाँडफाँड, १ लाख ३३ हजार ७३० जनाले पाए शेयर, २ जनाले पाए ११ कित्ता


बैंकिङ्ग समाचार, काठमाडौं ।
मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले चैत १९ गते आइतबार देखि २२ गतेसम्म निष्काशन गरेको आईपीओ बिहीबार बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय कमलादीमा शेयर बाँडफाँट भएको हो ।

कम्पनीको आईपीओ १ लाख ३३ हजार ७३० जना आवेदकलले १० कित्ताका दरले शेयर पाएका छन् भने जसमध्येमा भाग्यमानी दुई जनाले थप एक कित्ता शेयर पाएका छन ।

कम्पनीको आईपीओमा १२ लाख ८१ हजार ४०२ योग्य आवेदकबाट १ अर्ब ३८ करोड ३३ लाख ११ हजार रुपैयाँ बराबरको १ करोड ३८ लाख ३३ हजार ११० कित्ता शेयरको लागि आवेदन परेको थियो ।

कम्पनीले निष्काशन गरेको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण भएको छ ।