महुली लघुवित्तको १५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

महुली लघुवित्तको १५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज चैत २८ गते, मंगलबार अन्तिम दिन रहेको छ । लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात चैत २९ गते बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

लघुवित्तले वैशाख ९ गते, आफ्नो केन्द्रिय कार्यालय, अग्नीसाइर कृष्णासवरण, महुली, सप्तरीमा बिहान ११ बजे दशौँ वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले प्रिमियममा एफपीओ निष्काशन गर्ने, मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।