बैंकिङ्ग समाचार, काठमाडौं ।
आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लमिटिडको “आइएमई पे”ले गोल्डस्टार शुजसँग नयाँ वर्ष २०८० को अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ ।
२०७९ चैत २७ देखि २०८० बैशाख ०५ सम्म जम्मा ९ दिन का लागि कायम रहने यस अफर अन्तर्गत गोल्डस्टार शुजको आधिकारीक शोरुमहरुबाट कुनै पनि जुत्ता खरिदमा आइएमई पे मार्फत क्युआर स्क्यान गरी भुक्तानी गर्दा १५% छुट प्राप्त गर्न सकिने छ ।
नेपालको एक प्रमुख विद्युतीय भुक्तानी सेवा प्रदायक आइएमई पे र नेपाली जुत्ता उद्योगको लोकप्रिय उत्पादन गोल्डस्टार शुजले सेवाग्राहीमैत्री व्यापार प्रर्वद्घन गर्न सो सम्झौता गरेका हुन ।
प्रतिक्रिया