हिमालयन बैंकले संचालनमा ल्यायो स्पाइनल इन्जुरी पुर्नस्थापना केन्द्रमा अपाङ्गमैत्री एटिएम

हिमालयन बैंकले संचालनमा ल्यायो स्पाइनल इन्जुरी पुर्नस्थापना केन्द्रमा अपाङ्गमैत्री एटिएम


बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमालयन बैंक लिमिटेडले बैंक र बैंकिङ्ग सुबिधा सबैको पहुँचमा हुनुपर्छ भन्ने मान्यता राखी काभ्रे जिल्लाको साँगास्थित स्पाइनल इन्जुरी पुर्नस्थापना केन्द्रमा पहिलो अपाङ्गमैत्री एटिएम (ATM) संचालनमा ल्याएको छ ।

सबैको लागि बैंक, सबैका लागि बैंकिङ्ग सुबिधा भन्ने उद्देश्यले बैंकले आफ्नो ATM सुबिधा सो स्थानमा सुरुवात गरेको हो । बैंकको सो ATM को उद्घाटन २०७९ साल चैत्र २४ गते शुक्रबारका दिन स्पाइनल इन्जुरी पुर्नस्थापना केन्द्रको २१ औं वार्षिक उत्सवको उपलक्ष्यमा आयोजित एक समारोहको बीच बनेपा नगरपालिकाका मेयर शान्ति रत्न शाक्य, हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र स्पाइनल इन्जुरी पुर्नस्थापना केन्द्रका अध्यक्ष डा. शान्ता दिक्षितद्वारा गरिएको थियो ।

सो समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर ज.ब.रा लगायत बंैक तथा उक्त संस्थाका उच्चपदस्थका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

हाल बैंकले देश भरि रहेका १८९ शाखाहरु, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी ए.टि.एम हरुबाट आफ्ना ग्राहकवर्गहरुलाई सेवा प्रदान गर्दै आएकोे छ ।