बैंकिङ्ग समाचार, काठमाडौं ।
सिद्धार्थ बैंकले विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको करिब ८९ हजार कित्ता बढी संस्थापक शेयर बिक्री गर्ने भएको हो ।
संस्थापक शेयरधनी रजनी प्रधानको नाममा रहेको ७५ हजार कित्ता र शिशिरनाथ ज्ञवालीको नाममा रहेको १४ हजार ३५३ कित्ता शेयर बिक्रीमा राखेको हो । सो संंस्थापक शेयरको बिक्री मूल्य तोकिएको छैन ।
बैंकले एक सूचना प्रकाशन गर्दै संस्थापक शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर, बैंकको बैंकको केन्द्रिय कार्यलय हात्तिसार काठमांडौमा आईपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।
यदि सो समयभित्र आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।






About Us
प्रतिक्रिया