बैंकिङ्ग समाचार, काठमाडौं ।
गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । २०७९ चैत्र २५ गते शनिबार बिहान ११ बजे ह्वाइट हाउस पार्टि प्यालेस, शुक्लागण्डकी ४ दुलेगौडा तनहुँमा एशियन लाईफ इन्स्योरेन्स कम्पनी लि. का प्रमुख कार्यकारी अधिकृत तथा संस्थाका संस्थापक सदस्य एव सभाका प्रमुख अतिथी दिनेश लाल श्रेष्ठ तथा संस्थाको संचालक समिति अध्यक्ष अर्चना प्रधानले सयुक्त रुपमा उद्घाटन गरेको उक्त साधारण सभाले विभिन्न प्रस्तावहरु सर्वसहमतीले पारित गरेको छ ।
सभामा अध्यक्ष अर्चना प्रधानले आफ्नो प्रतिवेदन प्रस्तुत गरिन् । सभासमक्ष कम्पनी सचिव विष्णु प्रसाद ढकालले पेश गरेको सबै प्रस्तावहरु सभाले सर्वसम्मत पारीत गरेको छ । सभाका प्रमुख अतिथी दिनेशलाल श्रेष्ठले संस्था स्थापनाको पृष्ठभूमी सहितको महत्वपुर्ण मन्तव्य राख्दै आजको बिषम परिस्थीतीमा संयमता अपनाई संस्थालाई बचाउने हिसाबले काम गर्न सबैलाई आग्रह गरेका थिए ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव विष्णु प्रसाद ढकालले सभाको औपचारीक कार्यक्रम संचालन गरे ।
गणपति लघुवित्त वित्तीय संस्थाले हाल २३ वटा जिल्लामा ४३ वटा शाखा कार्यालयहरु मार्फत ग्रामिण क्षेत्रका ४१,१९८ सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरीरहेको छ ।
प्रतिक्रिया