बैंकिङ्ग समाचार, काठमाडौं ।
एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी वैशाख १८ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । चैत २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल क्लासिक सिमरा, बारामा विहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत स्वीकृति प्रदान गर्नेछ ।
यस वर्ष कम्पनीले हाल कायम चुक्तापूँजी रू. २ अर्ब ९० करोड ८१ लाख ११ हजारको आधारमा ८ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।सभाले हाल कायम रू. ५ अर्ब अधिकृत पूँजीलाई वद्धि गरी रू. ६ अर्ब कायम गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी वैशाख ८ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा वैशाख ७ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
प्रतिक्रिया