बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर बिहीवार सूचीकृत भएको छ ।
कम्पनीको ५ लाख १४ हजार ८० कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले पुस २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
यो बोनस शेयर शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।
प्रतिक्रिया