मिथिला लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
मिथिला लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । लघुवित्तको ७ लाख ६२५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको बोनस शेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत उक्त बोनस शेयर, सम्बन्धीत शेयरधनीहरुको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।