बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज पनि गिरावट जारी रहेको छ । साताको कारोबारको तेस्रो दिन आज मंगलवार नेप्से ५.२० अंकले घटेर १ हजार ८ सय ६६ दशमलव ६८ विन्दुमा बन्द भएको छ । सोमवार नेप्से १६.६७ अंकले घटेर १ हजार ८ सय ७१ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज नेप्सेमा गिरावट भएसँगै कारोबार रकममा पनि गिरावट हुदाँ कारोबार रकम १ अर्ब पनि पुग्न सकेन । आज नेप्सेमा ९१ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमवार नेप्सेमा ९२ करोड २ लाख लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीहरु मध्ये ८६ कम्पनीको शेयरमूल्य बढेको छ भने ११६ कम्पनीकोे शेयरमूल्य घटेको छ, १५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज कालिन्चोक दर्शन लिमिटेडको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता २५७.८० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज प्रभु बैंक डिभेन्चर २०८७ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य सर्किट लेभलमा घटेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ३ करोड ३६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया