राष्ट्र बैंकद्धारा क्रिप्टोकरेन्सी सम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन सार्वजनिक

राष्ट्र बैंकद्धारा क्रिप्टोकरेन्सी सम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन सार्वजनिक


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी सम्बन्धी जोखिम विश्लेषण गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । केन्द्रिय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले क्रिप्टोकरेन्सी सम्बन्धी जोखिम विश्लेषण सार्वजनिक गरेको हो ।

विभिन्न सरोकारवाला निकायहरुबाट क्रिप्टोकरेन्सी सम्बन्धी जिज्ञासाहरु आइरहेको हुँदा विविध विषयवस्तुलाई समावेश गरिएको र हुन सक्ने जोखिमलाई विश्लेषण गरी ‘क्रिप्टोकरेन्सी सम्बन्धी जोखिम विश्लेषण’ तयार गरिएको राष्ट्र बैंकले जनाएको छ ।

क्रिप्टोकरेन्सीमा लगानी हुँदा विदेशमा लगानी भई पुँजी पलायन हुन जाने, विप्रेषण आप्रवाहमा प्रतिकूल असर पर्न सक्ने, विदेशी विनिमय सञ्चिति व्यवस्थापन र पर्याप्ततामा चुनौती हुन सक्ने लगायतका जोखिम समेतलाई दृष्टिगत गरी विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी क्रिप्टोकरेन्सीमा प्रतिबन्ध लगाएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।