बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (साविकको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड) द्वारा प्रर्वद्धित एनआईबीएल म्युचुअल फण्ड अन्तर्गतका योजनाहरुको योजना व्थवस्थापक तथा डिपोजटरी रहेको एनआईबीएल एस क्यापिटल लिमिटेड र नेपालमा फिनटेक, इनोभेटिभ सलुशन, रेमिटेन्स, माइक्रो–लेन्डिङ, डिजिटल पेमेन्ट, वालेट, पी.ओ.एस., ब्लकचेन जस्ता सेवाहरु संचालन गर्दै आइरहेको सिटिटेक ग्रुप प्रा.लिबिच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
दुई ग्रुपबीच एनआईबीएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबीएल सहभागीता फण्डमा कपोरेट पेरोल एसआइपि “Corporate Payroll SIP” मार्फत उक्त कम्पनीका कर्मचारीहरुले लगानी गर्ने सम्झौता भएको हो ।
उक्त सम्झौतामा सिटिटेक ग्रुपका तर्फबाट कम्पनिका वित्तीय प्रमुख अच्युत अधिकारी र एनआईबीएल एस क्यापिटलका तर्फबाट नायव महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार सिटिटेक ग्रुपका विभिन्न तहका कर्मचारीहरुले मासिक रुपमा आफ्नो तलबको केही अंश निरन्तर एनआईबीएल सहभागीता फण्डमा व्यवस्थित लगानी योजना मार्फत लगानी गर्न सक्नेछन् ।
प्रतिक्रिया