लघुवित्तका समस्या समाधानका उपायबारे राष्ट्र बैंकले माग्यो सुझाव

लघुवित्तका समस्या समाधानका उपायबारे राष्ट्र बैंकले माग्यो सुझाव


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र समाधान उपाय सम्बन्धी सुझाव माग गरेको छ । 

नेपाल राष्ट्र बैंक सञ्चालक समितिले आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र समाधानका उपायबारे अध्ययन गर्न समिति गठन गरेको छ । लघुवित्तका समस्या र समाधानका उपायहरुको अध्ययन गर्न गठन भएको समितिले सुझाव माग गरेको हो । 

सो समितिले यस विषयसँग सरोकार राख्नेहरुले लघुवित्तका समस्या र समाधान गर्न चाल्नु पर्ने कदमहरुका बारेमा बैशाख २० गते भित्र सुझाव पठाउन अनुरोध गरेको छ । राष्ट्र बैंकको [email protected] मा इमेल गरी सुझाव दिन सकिने भएको छ ।

पछिल्लो समय लघुवित्तहरुले चर्को ब्याज लिएको र आर्थिक अवस्था कमजोर भएकाहरुलाई पीडित बनाएको समाचारहरु सार्वजनिक भएका छन् ।

\"\"