साताको पहिलो दिन नेप्सेमा उच्च गिरावट भई १९ सय बिन्दु मुनि, १ अर्ब २० करोडको कारोबार

साताको पहिलो दिन नेप्सेमा उच्च गिरावट भई १९ सय बिन्दु मुनि, १ अर्ब २० करोडको कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको पहिलो दिन आज उच्च अंकको गिरावट भएको छ । आइतबार नेप्से २० अंकले घटेर १ हजार ८ सय ८८ दशमलव ५५ विन्दुमा बन्द भएको छ । पछिल्लो कारोबार दिन अर्थात विहिबार नेप्से १०.८७ अंकले घटेर १ हजार ९ सय ०८ दशमलव ५५ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्सेमा उच्च अंकको गिरावट भएपनि कारोबार रकममा भने उल्लेख्य वृद्धि भएको छ । आज नेप्सेमा १ अर्ब २० करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा ८९ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीहरु मध्ये २३ कम्पनीको शेयरमूल्य बढेको छ भने १८९ कम्पनीकोे शेयरमूल्य घटेको छ, ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।  

नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज कालिन्चोक दर्शन लिमिटेडको शेयरमूल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता २१३.१० रुपैयाँ पुगेको छ ।    

नेप्सेका अनुसार स्वाभिमान लघुवित्त र प्रभु बैंक डिभेन्चरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यि दुवैको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआईसी एशिया बैंकको भएको छ । यस कम्पनीको आज ५ करोड ५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।