बैंकिङ्ग समाचार, काठमाडौं ।
मोदी ईनर्जी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले जारी पूँजी रू. २ अर्ब ९० करोड बराबरको १५ प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न अनुमति पाएको थियो । दोस्रो चरणमा सर्वसाधारणमा जारी हुने उक्त शेयरमध्ये १० प्रतिशत दरको ४ लाख ३५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा चैत १७ गते बाँडफाँट गरिएको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीमा कम्पनीले फागुन २५ गतेदेखि चैत ९ गतेसम्म आईपीओ विक्री गरेको थियो । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ जारी गरेको कम्पनीले स्थानीयमा भने बाँडफाँट गर्न बाँकी छ ।
कम्पनीले जारी पूँजी २ अर्ब ९० करोड रुपैयाँको १० प्रतिशत अर्थात २९ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २९ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित स्थानीयमा विक्री गरिसकेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयमा फागुन २५ गतेदेखि चैत १६ गतेसम्म आईपीओ विक्री गरेको हो । स्थानीयमा समेत आईपीओ बाँडफाँटपछि कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्नेछ ।
प्रतिक्रिया