नेरुडे र मिर्मिरे लघुवित्तबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता

नेरुडे र मिर्मिरे लघुवित्तबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एक आपसमा गाभ्ने/गाभिने वा मर्जरसम्बन्धी अन्तिम सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । दुई कम्पनीले चैत १६ गते विहीबार गाभ्ने/गाभिने मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

मोरङ्ग जिल्ला विराटनगर महानगरपालिका वडा नं. ३ मा केन्द्रिय कार्यालय रहेको नेरुडे लघुवित्त र काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. ८ मा केन्द्रिय कार्यालय रहेको मिर्मिरे लघुवित्तबीच गत पुस ११ गते मर्जरमा जाने प्रारम्भिक सहमति भएको थियो ।

अन्तिम सहमतिपत्रमा हस्ताक्षर सँगै दुबै संस्थाले छुट्टा छुट्टै साधारणसभा आह्वान गरि साधारणसभा मार्फत मर्जरको विशेष प्रस्ताव पारित गर्ने छन् ।