बैंकिङ्ग समाचार, काठमाडौं ।
कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
बैंकले ४ दशमलव ४१ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।
बैंकले अघिल्लो आवमा शेयरधनीलाई १८ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ९७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गरेको थियो । यस आधारमा कम्पनीको लाभांशदर गत वर्षको तुलनामा यस वर्ष ७६ प्रतिशतभन्दा धेरैले घटेको छ ।
प्रतिक्रिया