बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २०८० सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बिहीबार केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक समारोहकाबीच क्यालेन्डर सार्वजनिक गरिएको छ ।
इन्स्योरेन्सले बिदाको सूची, पर्व, दिवस, पञ्चाङ्ग तिथि, तारिख समावेश गरी क्यालेन्डर तयार गरेको छ । सोही क्यालेन्डर कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, प्रमुख सञ्चालन अधिकृत ओम प्रकाश पुडासैनी र प्रमुख वित्त अधिकृत प्रेम प्रसाद रेग्मीले संयुक्तरूपमा अनावरण गरेका हुन् ।
कम्पनीले देशभर आठवटा प्रादेशिक कार्यालय र एक सय ८४ वटा शाखा तथा उपशाखामार्फत जीवन बीमा सेवा उपलब्ध गराइरहेको छ । यसका साथै कम्पनीले हालसम्म एक खर्ब ९७ अर्ब १८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको जनाएको छ । कम्पनीले २१ वटा बीमा योजनाअन्तर्गत ३१ लाख १५ हजार चार सय २० बीमालेख जारी गरिएको छ ।
कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरू उपलब्ध गराउँदै जाने बताएको छ ।
प्रतिक्रिया