बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई लघुवित्तको शेयरमूल्य समायोजन भएको छ । नेप्सेमा विजय लघुवित्त र कालिका लघुवित्तको शेयरमूल्य समायोजन भएको हो ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
यस दिन नेप्सेले कालिका लघुवित्तको १९ प्रतिशत र विजय लघुवित्तको २० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात कालिका लघुवित्तको शेयरमूल्य ६५९ रुपैयाँ ६६ पैसा कायम भएको छ भने विजय लघुवित्तको ६५८ रुपैयाँ ३३ पैसा कायम भएको छ ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी लघुवित्तहरुको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात बुधबार, दोस्रो बजारमा कालिका लघुवित्तको शेयर प्रतिकित्ता ७८५ रुपैयाँ र विजय लघुवित्तको ७९० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
प्रतिक्रिया