एनआईसी एशिया लघुवित्तद्धारा देशब्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
एन.आई.सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले देशव्यापी रुपमा महिलाहरुलाई लक्षित गरी वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम प्रवर्धन गर्दै ‘ग्लोबल मनी विक’ भव्यताका साथ सम्पन्न गरेको छ ।

नेपाल राष्ट्र बैंकको वार्षिक कार्यतालिका अनुसार हरेक वर्षको मार्च महिनामा सप्ताहव्यापी रुपमा मनाईने ‘ग्लोबल मनी विक’ को एघारौ संस्करणका रुपमा एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि चालु चैत्र महिनाको ६ देखि १२ गतेसम्म सप्ताहव्यापी रुपमा ‘प्लान योर मनी–प्लान्ट योर फ्युचर’ भन्ने नाराका साथ वित्तीय साक्षरता प्रवर्धन कार्यक्रम सम्पन्न गरेको हो ।

यसरी संचालन गरिएका कार्यक्रमहरुमा हजारौको संख्यामा महिलाहरुको सहभागितामा सातै प्रदेश कार्यालय अन्तर्गतका उप प्रदेश तथा शाखा कार्यालयहरु मार्फत देशव्यापी रुपमा वित्तीय अनुशासन र चेतना अभिबृद्धि अभियान कार्यक्रमहरु आयोजना भई सम्पन्न भएका हुन । साथै सो अभियान अन्तर्गत संस्थाले वित्तीय साक्षरता सम्बन्धी सचेतना मूलक श्रव्यदृश्य सहितका अभिमुखीकरण र अन्तरक्रिया कार्यक्रमका साथसाथै वित्तीय साक्षरता झल्काउने नाराहरुको प्लेकार्ड सहितको ¥याली कार्यक्रम संचालन सम्पन्न गरेको छ र सो कार्यक्रमबाट समुदायस्तरका महिलाहरुलाई वित्तीय कारोवार, दैनिक आम्दानी तथा खर्चको विश्लेषण गर्न, वचत गर्ने बानी, कर्जाको सही सदुपयोग, वित्तीय सेवा सम्बन्धी ज्ञान, व्यवसाय व्यवस्थापन, बीमा, विप्रेषण आदि जस्ता कुराहरुमा चेतना बृद्धि भई समुदायस्तरका व्यक्तिहरुलाई आफ्नो आर्थिक व्यवस्थापन गर्नमा सहज वातावरण हुने विश्वासका साथ संस्थाले यस्था कार्यक्रम संचालन गरेको हो ।

सन् २०१२ देखि प्रत्येक वर्ष विश्वका १७० भन्दा बढि मुलुकहरुमा संचालन हुदै आएको “ग्लोबल मनी विक” मूलतः वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्धेश्यका साथ विश्वब्यापी रुपमा थालिएको अभियान हो र यसलाई सार्थक तुल्याउन संस्थाले विश्व वित्तीय सप्ताह २०२३ को अवसरमा देशव्यापी रुपमा वित्तीय साक्षरता अभिमुखीकरण तथा सो सम्बन्धी र्‍याली कार्यक्रम संचालन गरेको हो ।

“साथी संगै सबल बन्दै” भन्ने मुल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड देशकै सबै भन्दा ठूलो शाखा संजाल र देशकै एक ठुलो सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित भईरहेको छ । त्यस्तै उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, दार्चुला, जाजरकोट, बैतडी, अछाम, बजाङ, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरु सहित नेपाल भरी आफ्ना २८७ शाखाहरु मार्फत २००,००० भन्दा बढि न्यून आय भएका तथा साना तथा मझौला उद्यमी सदस्यहरुलाई गुणस्तरीय वित्तीय सेवा तथा गैह्रवित्तीय सेवा उपलब्ध गराउदै आएकोछ ।