मुक्तिनाथ विकास बैंकको ७६ लाख ३७ हजार बढि कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

सुरेश शर्मा
224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
बुधवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मुक्तिनाथ विकास बैंकको बोनस शेयर सूचीकृत भएको छ ।

कम्पनीको ७६ लाख ३७ हजार १९४ दशमलव १५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

कम्पनीले पुस ३० गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित १३ दशमलव ५० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।