नेपाल राष्ट्र बैंकमा करारमा कर्मचारी माग, कहिलेसम्म दिने आवेदन ?

नेपाल राष्ट्र बैंकमा करारमा कर्मचारी माग, कहिलेसम्म दिने आवेदन ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले कर्मचारी माग गरेको छ । राष्ट्र बैंकले बैंकमा रिक्त रहेको तथ्यांकशास्त्री (अधिकृत तृतीय सरह) २ जना करारमा कर्मचारी माग गरेको हो ।

उक्त पदमा आवेदन दिन आवेदकले मान्यता प्राप्त शिक्षण संस्थाबाट तथ्याङकशास्त्र विषयमा स्नाकोत्तर गरेको योग्यता हुनुपर्ने बैंकले जनाएको छ । सम्बन्धीत विषयमा कम्तीमा दुई वर्षको अनुभव हुनुपर्ने, उमेर भने ४५ वर्ष ननाघेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले चैत १५ गतेदेखि चैत २९ गतेसम्म आवेदन दिनुपर्नेछ ।

यसमा आवेदन https://jobs.nrb.org.np/ मार्फत दिन सकिने छ ।

\"\"