शिखर इन्स्योरेन्सले शेयरधनीको हितग्राही खातामा जम्मा गर्यो १६% बोनस शेयर

शिखर इन्स्योरेन्सले शेयरधनीको हितग्राही खातामा जम्मा गर्यो १६% बोनस शेयर


बैंकिङ्ग समाचार, काठमाडौं ।
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ ।

कम्पनीले माघ २५ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित १६ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो । कम्पनीले माघ १६ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको  हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको र सो मितिपश्चात् शेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा क्रमशः बोनस शेयर जम्मा हुने व्यवस्था गरेको जानकारी कम्पनीले दिएको छ ।

हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीले शेयर अभौतिकीकरण गराई बोनस शेयर हितग्राही खातामा नै प्राप्त गर्न सक्नेछन् । कम्पनीको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।