बैंकिङ्ग समाचार, काठमाडौं ।
प्राइम कमर्सियल बैंक लिमिटेडको ९ लाख कित्ता संस्थापक शेयर चैत २१ गतेदेखि सर्वसाधारणमा जारी हुने भएको छ ।
कम्पनीले प्रतिकित्ता रू. १३० मूल्य अंकित गरी उल्लेखित शेयर विक्रीमा ल्याएको हो । यो शेयर खरीद गर्न इच्छुक योग्य व्यक्ति तथा संघ संस्थाहरूले चैत २९ गते अपरान्ह ३ बजेभित्र विक्री प्रबन्धक सानिमा क्यापिटलका कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
यो शेयर संस्थापक समूहमै रहने गरी सर्वसाधारणमा जारी गरिएको कम्पनीले प्रष्ट पारेको छ । इच्छुक खरीदकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्दै बोलपत्र पेश गर्न सक्नेछन् ।
तोकिएको अवधिभित्र प्राप्त गोप्य शिलबन्दी बोलपत्र चैत २९ गते अपरान्ह ४ बजे सानिमा क्यापिटलको कार्यालयमा खोलिने कार्यक्रम तय भैसकेको छ ।
प्रतिक्रिया