बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले यस दिन लघुवित्तको १९ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात लघुवित्तको शेयरमूल्य ६२६ रुपैयाँ ८९ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात मंगलबार, दोस्रो बजारमा लघुवित्तको शेयर प्रतिकित्ता ७४६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
यही समायोजित मूल्यका आधारमा बुधबार दोस्रो बजारमा लघुवित्तको शेयर कारोबार खुल्नेछ ।
प्रतिक्रिया