नेप्सेमा विभिन्न ४ कम्पनीको ६७ लाख कित्ता बढि बोनस शेयर सूचीकृत

नेप्सेमा विभिन्न ४ कम्पनीको ६७ लाख कित्ता बढि बोनस शेयर सूचीकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलवार चार कम्पनीको ६७ लाख कित्ता बढि बोनस शेयर सूचीकृत भएको छ । 

नेप्सेमा नेको इन्स्योरेन्सको २६ लाख २४ हजार ८१८ दशमलव २० कित्ता, अपि पावरको २८ लाख ८३ हजार ६८६ कित्ता, आरएसडिसी लघुवित्तको ६ लाख ४४ हजार १२१ दशमलव ५९ कित्ता र साधना लघुवित्तको ६ लाख १० हजार ३२८ दशमलव ४५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यी चार ओटै कम्पनीको बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।

साधना लघुवित्तले पुस २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १९ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यस्तै आरएसडिसी लघुवित्तले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनस शेयर, अपि पावरले फागुन १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ दशमलव ५ प्रतिशत र नेको इन्स्योरेन्स कम्पनीले माघ १५ गते सम्पन्न वार्षिक साधारण सभबाट पारित १५ प्रतिशत बोनस शेयर सूचीकृत गराएका हुन ।