आदर्श र डिप्रोक्स लघुवित्तले गरे मर्जर सम्बन्धी अन्तिम सम्झौता

आदर्श र डिप्रोक्स लघुवित्तले गरे मर्जर सम्बन्धी अन्तिम सम्झौता


बैंकिङ्ग समाचार, काठमाडौं ।
डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्तबीच मर्जरका लागि अन्तिम सम्झौता भएको छ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आदर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्न चैत १३ गते अन्तिम सम्झौता भएको छ । दुबै सस्थाका अध्यक्षहरुले एक अर्कामा गाभ्ने गाभिने सम्बन्धी अन्तिम सम्झौता गरेका हुन ।

डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्तले गत फागुन ३० गते साधारण सभा मार्फत गाभ्ने गाभिने सम्बन्धी प्रस्तावलाई अनुमोदन गराएका थिए । डिप्रोक्स लघुवित्तको एक्काइसौँ वार्षिक साधारण सभा होटल सेभेन स्टार सौराहा, चितवनमा भएको थियो । त्यसैगरी, आदर्श लघुवित्तको पाँचौ वार्षिक साधारण सभा गौतम भिलेज रिर्सोट, सिनागल, काभ्रेपलाञ्चोकमा भएको थियो ।

यी दुबैको सभाले डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई १ बराबर १ शेयर स्वाप अनुपातमा प्राप्त गर्ने भएको हो । दुवै संस्था एक भएपछि लघुवित्तको चुक्ता पूँजी १ अर्ब ५५ करोड १० लाख रुपैयाँ पुग्नेछ । नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि एकिकृत कारोबार हुनेछ ।