बैंकिङ्ग समाचार, काठमाडौं ।
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश दोस्रो पटक संशोधन भएको छ । नेपाल राष्ट्र बैंकले कम्पनीले गत आवको मुनाफाबाट प्रस्ताव गरेको लाभांश दोस्रो पटक संशोधन गरेको हो ।
कम्पनीले पहिलो पटक प्रस्ताव गरिएको ३८ दशमलव ४५ प्रतिशत बोनस शेयर नेपाल राष्ट्र बैंकले संशोधन गरी शेयरधनीलाई हाल कायम चुक्ता पुँजी ५८ करोड ६६ लाख ७४ हजार ९७३ रुपैयाँको ३४ दशमलव ४५ प्रतिशत लाभांश दिने निर्णय गरेको थियो ।
फेरी उक्त लाभांशलाई पनि राष्ट्र बैंकले संशोधन गर्न चैत ८ गते पुनः पत्र पठाएपछि चैत १२ गते लघुवित्तको सञ्चालक समितिले लाभांश पुनः लाभांश संशोधन गरेको हो । अब लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै शेयरधनीहरुमा वितरण हुनेछ ।
प्रतिक्रिया