बैंकिङ्ग समाचार, काठमाडौं ।
आइतबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा शिखर इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।
कम्पनीको ३६ लाख ८८ हजार ६६० कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।
कम्पनीले माघ २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १६ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
प्रतिक्रिया