बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले स्याङ्जाको भीरकोट नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकको भीरकोट र वालिङ शाखाको संयुक्त आयोजना वडा नं ६ सुन्दरबजारमा अवस्थित बालोदय माध्यमिक विद्यालयमा वित्तिय साक्षरता कार्यक्रम संचालन गरिएको हो ।
कार्यक्रममा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई अडियो-भिडियो कक्षा मार्फत वित्तीय शिक्षा प्रदान गरिएको थियो । विद्यार्थीहरूलाई भीरकोट शाखाका शाखा प्रमुख कमल अधिकारी, वालिङ र भीरकोट शाखाका सम्बन्ध प्रबन्धकद्वय जीवन प्रकाश सापकोटा र सुनिल पाण्डेयले प्रशिक्षण दिएका थिए ।
ग्लोबल मनि विकको अवसरमा बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम संचालन गरिएको भीरकोट शाखा प्रमुख कमलकान्त अधिकारीले बताए । दैनिक एवं व्यवहारिक जीवनमा काम लाग्ने धेरै आर्थिक विषयवस्तुको बारेमा जानकारी पाउन पाएकोमा सहभागी विद्यार्थीहरूले खुशी व्यक्त गरेका थिए ।
प्रतिक्रिया